दाहाल-नेपाल समूहद्वारा थप आन्दोलनका कार्यक्रम सार्वजनिक



काठमाडौं, माघ १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनका नयाँ कार्यक्रमअनुसार उक्त समूहले यही माघ २८ गते काठमाडौंमा विरोध सभा गर्ने भएको हो ।

पार्टीको केन्द्रीय संघर्ष समितले माघ १३ गते काठमाडौंमा सिठ्ठी जुलुस, माघ १४ देखि २१ सम्म माइतीघर मण्डलमा संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यसहित धर्ना कार्यक्रम गर्ने भएको छ।

माघ १६ गते जुलुससहित सहिद श्रद्धाञ्जली कार्यक्रम गर्ने र त्यसका निम्ति १ बजे शान्तिबाटिकाबाट लैनचौरमा उपस्थित भइ विरोध प्रदर्शन र सभा हुने जनाएको छ । त्यसैगरी माघ १५ गते ( बुटवल, १६ गते ( विराटनगर माघ १७ गते धनगढीमा बिरोध सभा हुने तय भएको छ। यस्तै, माघ २२ गते काठमाडौंमा युवा र्याली, माघ २६ गते देशव्यापी मसाल जुलुस निकाल्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्