सुनको मुल्य घट्यो , कति छ तोलाको ?



काठमाडौ,माघ १२ । सोमबार सुनको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला २ सयले घटेर प्रतितोला ९२ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९२ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ९ सय रहेको छ ।

त्यसैगरी सोमबार चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १२ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्