कृषिमा विदेशी लगानीविरुद्ध माघ १४ बाट आन्दोलन



काठमाडौं, माघ १३ । कृषिक्षेत्रमा विदेशी लगानी भित्र्याउने सरकारी निर्णयविरुद्ध किसान, कृषि उद्यमी तथा अन्य सरोकारवाला निकायहरूले माघ १४ बाट काठमाडौंमा आन्दोलन गर्ने भएका छन् । कृषिक्षेत्रमा विदेशी लगानी भित्र्याएर सरकारले स्वदेशी उद्यमीहरूलाई पलायन गर्न खोजेको भन्दै उनीहरूले आन्दोलन गर्न लागेका हुन् ।

आन्दोलनमा किसान, कृषि व्यवसायी तथा उद्यमीसहित विभिन्न १६ ओटा संघसंस्थाले साथ दिने भएका छन् । आन्दोलनका लागि नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन भइसकेको छ ।

सरकारको निर्णयविरुद्ध संयुक्त विरोध प्रदर्शन तथा आन्दोलन गर्न राष्ट्रिय कृषक समूह महासंघ, केन्द्रीय पशुपन्छीपालन सहकारी संघ, डेरी उद्योग संघ, नेपाल डेरी एशोसिएशन, नेपाल मत्स्य व्यवसायी महासंघ, नेपाल अण्डा उत्पादक संघ, नेपाल कखुरापालक किसान संघलगायत संघसंस्था एकजुट भएका छन् ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्