अवैध काठसहित १२ जना प्रहरीको नियन्त्रणमा, पक्राउ पर्नेमा ६ बालक



सुर्खेत माघ १४ । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले भेरीगङ्गा नगरपालिका–२ सप्तरीका १२ मसिनास्थित छिन्चुबाट सुर्खेत वीरेन्द्रनगर लगिँदै गरेको १४७ थान सालको चिरान काठसहित १२ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले मंगलबार राति १:४० बजेको समयमा सालको अवैध काठ लिएर छिन्चुदेखि वीरेन्द्रनगर सुर्खेत जाँदै गरेको लु२ख २१० नंको ट्रक चालक भेरीगङ्गा नगरपालिका–२ सप्तरी निवासी १८ वर्षीय विकास केसीसहित १२ जनालाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । नियन्त्रणमा लिइएका अन्य व्यक्तिमा सोही वडाका १२ वर्षीय हिमाल खड्का, १३ वर्षीय योगराज बुढा र निराजन विक, १४ वर्षीय प्रदीप वली, १५ वर्षीय मदन भण्डारी र अम्मर डिसी, २० वर्षीय पदम खत्री र राम वली, २२ वर्षीय अनन्त बुढा, २५ वर्षीय तुलबहादुर वली र ३५ वर्षीय सोमबहादुर विक रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा छ बालक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्