प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा जान पार्टीभित्र कुनै विवाद छैन : कांग्रेस



काठमाडौं माघ १४ ।

नेपाली कांग्रेसले सम्पूर्ण एकताका साथ संसद विघटनविरुद्ध आन्दोलन गर्ने सर्वसम्मत निर्णय गरेको हुँदा त्यसबारे पार्टीमा कुनै विवाद नरहेको प्रष्ट पारेको छ ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख हुँदा त्यसविरुद्ध नेपाली कांग्रेस निरन्तर आन्दोलनमा रहेको र त्यसबारे कुनै अन्यौल नरहेको सो पार्टीले जनाएको छ ।

कतिपय संचार माध्यममा नेपाली कांग्रेसभित्र विद्यमान सन्दर्भ र आन्दोलनबारे विवाद रहेकोे भ्रमपूर्ण समाचार प्रकाशित भएको हुंदा त्यसलाई स्पष्ट गर्न प्रेस नोट प्रकाशित गरिएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्