देशमा अर्को जंगबहादुरको जन्म हुनसक्छ: अर्जुननरसिंह केसी



नेपाली कांग्रेस रामेछापद्वारा काठमाडौैँ धुम्बराहीमा आयोजित कार्यक्रम

काठमाडौँ, माघ १५ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुन नरसिंह केसीले देशको राजनैतिक घटनाक्रमले अर्को जंगबहादुरको जन्म हुने संकेत देखिएको बताएका छन् । बुधबार नेपाली कांग्रेस रामेछापद्वारा काठमाडौैँको धुम्बराहीमा आयोजित कार्यक्रममा नेता केसीले २३८ वर्षका राजाहरुसंग हुकुम प्रमाणीले होइन विधान अन्तरगत तिमी पनि बस्नु पर्छ र वैधानिक राजतन्त्रलाई हामीले पनि मान्छौँ भन्दा राजा विधान भित्र नबस्दा हामीपनि राजतन्त्र विरोधमा उत्रीएको बताएका थिए ।

‘चुनाव एउटा पक्ष हो र अर्कोे जुन संविधानमा व्यवस्था त्यो संविधानमा काहीपनि कुनैपनि ढंगले प्रधानमन्त्रीले संसद विघटन गर्न अधिकार छैन्,’ उनले भने,’त्यो अधिकार विहीन प्रक्रिया गरेर संसद विघटन गर्दै संविधानमाथि नाङगो आक्रमण भएपछि यो प्रक्रिया नै गलत भइसकेपछि, संविधान र कानुन नै तोडीसकेपछि भोली निर्वाचन हुँदा जन्मिने अर्को जंग बहादूर जन्मदैन भनेर कस्ले भन्न सक्छ । आर्को हिटलर जन्मिदैन भने कस्ले प्रत्याभुति ग्यारेन्टि लिन्छ ।’

नेपाली कांग्रेस रामेछापद्वारा काठमाडौैँ धुम्बराहीमा आयोजित कार्यक्रममा रामेछापको सुनापति–५ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५३ जना नेता, कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । विगत लामो समयदेखि नेकपामा आवद्ध जिल्ला कार्य समिती सदस्य लगायत ५३ जना नेपाली कांग्रेस प्रवेश गरेका कांग्रेस रामेछापका नेता भरत चौलागाईले जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेस रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खडका, उप–सभापति जितेन्द्र मोक्तान, महाधिवेशन प्रतिनिधिहरु भरत चौलागाई, अर्जुन केसी, विनिता खडका, प्रदेश सभा (ख)का उम्मेद्वार जित बहादुर थापामगर, नेपाली कांग्रेस रामेछाप–काठमाडौँ सम्पर्क समितिका सभापति राज नारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्