पश्‍चिम नवलपरासीमा विष सेवनबाट एकै परिवारका तीन जनाको मृत्यु



परासी माघ १५ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका-५ धनगडवामा विष सेवनबाट एकै परिवारका आमा, दुई छोरीको मृत्यु भएको छ ।

३५ वर्षीया अनिता चौधरीले बुधबार आफ्ना दुई छोरीलाई विष सेवन गराएर आफूले पनि विष सेवन गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजु लामाले बताए । विष सेवनबाट चौधरीसहित उनकी १२ वर्षीया छोरी नेहा र १० वर्षीया छोरी हेमा चौधरीको उपचारको क्रममा बिहीबार मृत्यु भएको हो ।

एकान्त स्थानमा रहेको घरको च्यानल गेटमा ताला लगाएर अनिताले पहिले दुई छोरीलाई विष सेवन गराएको र आफूले पनि सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । विष सेवनपछि बालिकाहरु चिच्याउन थालेपछि गाउँलेले उपचारका लागि उनीहरुलाई पृथ्वीचन्द्र अस्पताल परासीमा ल्याएका थिए । त्यहाँबाट उपचार सम्भव नभएपछि भैरहवा रिफर गरिएको थियो । उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहीबार मृत्यु भएको डीएसपी लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्