नेकपा नुवाकोटको अध्यक्षमा बद्री मैनाली



नुवाकोट, माघ १५ । नेकपा नुवाकोटको अध्यक्षमा बद्री मैनालीलाई चयन भएका छन् ।

ओली समुहद्वारा बिहीबार आयोजित जिल्ला विस्तारीत बैठकले प्रचण्ड–माधव नेपाल समुहका अध्यक्ष हिरानाथ खतिवडालाई कारवाही गर्दै ओली समुहका नेता बद्री मैनालीलाई अध्यक्षको जिम्मा दिएको हो ।

बैठकले पार्टी अध्यक्षको जिम्मा मैनालीलाई दिएपनि अन्य सचिवालयको जिम्मेवारी भने कसैलाई दिएको छैन । बाँकी रहेका पदाधिकारीको जिम्मेवारी समेत छिट्टै बैठक बसेर टुङ्ग्याउने नेकपाका ओली समुका नेता तथा केन्द्रिय कमिटिका सदस्य केशव पाण्डेले जानकारी दिए । यस्तै बैठकले आजै एकसय ३१ जिल्ला सचिवालय समिति थप गरेको छ ।

यस्तै बैठकले प्रचण्ड–नेपाल समुहका जिल्ला अध्यक्ष हिरानाथ खतिवडा र सचिव नारायण खतिवडालाई समेत कारवाही गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्