नेकपाको लुम्बिनी प्रदेशमा यी हुन नयाँ नेतृत्व



काठमाडौ,माघ १७ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश अन्तरगतका बिभिन्न जिल्लाको नेतृत्व हेरफेर गरेको छ । नेकपा लुम्बिनी प्रदेशको बिहीवार बसेको बैठकले लुम्बिनी प्रदेश अन्तर्गतको १० जिल्लाको नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको हो । इञ्चार्ज शंकर पोखरेलको प्रमुख आतिथ्यतामा बसेको बैठकले यस्तो निर्णय लिएको हो ।

पार्टी बिभाजनपछि प्रचण्ड-माधव समुहतिर लागेका नेतालाई पदमुक्त गरी ओली नेतृत्वको नेकपाले जिल्ला नेतृत्व परिवर्तन गरेको हो ।

यी हुन नयाँ नेतृत्व

रुपन्देही

संयोजक : शिवराज सुवेदी
सह संयोजक : तेजेन्द्र केसी
सचिव : अनुप बराल

कपिलवस्तु

संयोजक : झविलाल पोखरेल
सह संयोजक : डम्मर शर्मा
सचिव : धर्म भुसाल

दाङ

संयोजक : हुकुमबहादुर बस्नेत
सचिव : मनोहर बुढाथोकी

बाके

संयोजक : सुर्य ढकाल
सहसंयोजक : किस्मत कक्षपती
सचिव : प्रमोद धिताल

बर्दिया

संयोजक : लालबहादुर श्रेष्ठ
सह संयोजक : शालिकराम अधिकारी
सचिव : पदम ढकाल

प्युठान

संयोजक : तुल्सीराम शर्मा

अर्घाखाँची

संयोजक : चेतनारायण आचार्य
सचिव : तोजबहादुर रायमाझी

गुल्मी

संयोजक : मधुकृष्ण पन्त
सहसंयोजक : बालसिङ काउछा
सचिव : धर्मबहादुर बिक

पाल्पा

संयोजक : नारायणप्रसाद आचार्य
सचिव : ओमबहादुर घर्ती

परासी

संयोजक : दिपेन्द्र अधिकारी

प्रतिक्रिया दिनुहोस्