अफगानिस्तानमा आत्मघाती बम विष्फोट, ८ सुरक्षाकर्मीको मृत्यु



एजेन्सी माघ १७ ।

पूर्वी अफगानिस्तानको एक सुरक्षाचौकीमा भएको आत्मघाती बम विस्फोटमा ८ सुरक्षाकर्मीको मृत्यु भएको छ।

विस्फोट तालिबानी संगठनले गराएको जनाइएको छ। नान्गारहार प्रान्तमा शनिवार बिहानै भएको आत्मघाती विस्फोटमा अरु केही सुरक्षाकर्मी घाइते भएका छन्।

अमेरिकी रक्षा मन्त्रालयले अफगानी तालिबान समूह यसअघि भएका सम्झौतामा अडिग नरहेको र आतंकवादी गतिविधि गरिरहेको बताएको दुई दिनपछि तालिबानी समूहले सुरक्षाकर्मी लक्षित विस्फोट गराएको हो।

अफगानिस्तानमा युद्धरत तालिबानी समूह, अफगान सरकार र अमेरिकी प्रतिनिधिबीच पटकपटक छलफल भइरहे पनि बार्ता निश्कर्षमा पुगेको छैन।

प्रतिक्रिया दिनुहोस्