नेपाल टेलिकमले एनपिएलको तेस्रो संस्करण प्रायोजन गर्ने



काठमाडौं,कात्तिक १ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण प्रायोजन गर्ने भएको छ ।

यससम्बन्धी सम्झौतापत्रमा आज नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान) का महाप्रबन्धक उत्सव ढुङ्गानाले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापछि नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरका क्रिकेट प्रतियोगितामा कम्पनीले यसअघि पनि सहयोग गर्दै आएको स्मरण गर्नुभयो । उहाँले एनपिएलको प्रायोजनले देशमा क्रिकेटको संस्थागत विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

तेस्रो संस्करणको एनपिएल आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्