छहरे-टोखा सडकखण्डमा सरकारी गाडी दुर्घटनाग्रस्त, सवार व्यक्ति सम्पर्कविहीन



नुवाकोट,कात्तिक १ । छहरे-टोखा सडकखण्ड अन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित काफलडाँडामा आइतबार बिहान सरकारी नम्बर प्लेट भएको बा १ झ ५१८६ नम्बरको गाडी दुर्घटनामा परेको छ।

दुर्घटनाग्रस्त गाडीमा चालकसहित अन्य व्यक्ति सवार रहेको अनुमान गरिए पनि उनीहरू घटनास्थलमा फेला नपरेको प्रहरीले जनाएको छ ।

गाडी दुर्घटना हुनुको कारण र त्यसमा सवार व्यक्तिहरूको अवस्थाबारे विस्तृत विवरण प्राप्त हुन बाँकी छ।

दुर्घटनापछि सरकारी गाडी घटनास्थलमै रहेको जनाइएको छ। सम्बन्धित निकायले दुर्घटनाग्रस्त गाडीको तत्काल व्यवस्थापन गरी घटनाबारे आवश्यक छानबिन गर्नुपर्ने प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्