कैलालीको पहलमानपुरमा सवारी दुर्घटनामा दुईको मृत्यु



कैलाली माघ १८ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको पहलमानपुर सडकखण्डमा शनिबार राति ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको म१त ५४२ नंको ट्र्याक्टर र सोही दिशातर्फ गइरहेको बा१प ४०४ नंको मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार कैलालीको घोडाघाडी नगरपालिका–१० पहलमानपुरका २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले बताए ।

दुर्घटनामा घाइते दुवैको घोडाघोडी अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो । प्रहरीले ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्