क्यूआर कोड गाइडलाइन मस्यौदा तयार



काठमाडौं, माघ १९ । क्यूआर कोड प्रयोग गरेर भुक्तानी दिने प्रचलन बढेसँगै नेपाल राष्ट्र बैंकले यसलाई नियमन गर्न ‘नेपाल क्यूआर स्ट्यान्डर्डाइजेशन फ्रेमवर्क एन्ड गाइडलाइन’को मस्यौदा तयार पारेको छ । संस्थाहरूले भुक्तानीका लागि क्विक रेस्पोन्स (क्यूआर) कोडलाई प्रयोगमा ल्याए पनि केन्द्रीय बैंकले हालसम्म नीतिगत व्यवस्था गरेको थिएन ।

करीब ३ वर्षदेखि बजारमा सञ्चालनमा रहेको यो उपकरणलाई प्रचलनमा ल्याउन बैंक तथा वित्तीय संस्थाहरू र भुक्तानी प्रदायक संस्थाहरूले बढी जोड दिन थालेपछि केन्द्रीय बैंकले यसबारे व्यवस्था गरेको हो । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्दै जाने क्रममा नेपाल राष्ट्र बैंकले क्यूआर कोडलाई विशेष रूपमा केन्द्रित गरेको बताउँछन् ।

क्यूआर कोडको भुक्तानीलाई राष्ट्र बैंकले नियमन गर्ने उद्देश्यले अन्तरराष्ट्रिय मान्यता तथा प्रचलनका आधारमा मस्यौदा तर्जुमा गरेको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले जानकारी दिए । ‘अहिले क्यूआर कोडको फ्रेमवर्क तथा गाइडलाइन बनाएर छलफलका लागि खुला गरेका छौं ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्