सुनको भाउ बढ्यो, तोलाको कति?



काठमाडौ,माघ १९ । सोमबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ५ सयले बढेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९२ हजार १ सयमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार १ सय रहेको छ ।

त्यसैगरी सोमबार चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला ८० रुपैयाँले बढेर तोलामा १४ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्