विद्यालय सञ्चालनका लागि सुन्तला खेती



नवलपरासी,माघ २० । बुलिङ्टार गाउँपालिकाको एक विद्यालय सञ्चालनका लागि स्थानीयले सुन्तला खेती शुरू गरेका छन् ।

सतीकोटमा रहेको सतीश्री प्राथमिक विद्यालय सञ्चालनका लागि स्थानीयले जग्गा भाडामा लिएर सुन्तला खेती गरेका हुन् ।

दैनिक दुई घण्टा हिँडेर विद्यालय जान बाध्य गाउँका विद्यार्थीलाई सहज होस् भनेर गाउँमै विद्यालय स्थापना गर्न लागिएको हो।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्