दोहोरी च्याम्पियन आजदेखि



काठमाडौं,फागुन १ । लोकदोहोरी च्याम्पियन आजदेखि हुने भएको छ। लोकदोहोरी प्रतिभाका लागि ‘दोहोरी च्याम्पियन’ हुने भएको हो । ‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ नारासहित हुन लागेको ‘दोहोरी च्याम्पियन’को डिजिटल अडिसन शनिबारदेखि सुरु हुन लागेको आयोजकले जनाएको छ । 

सो डिजिटल अडिसन ८ गतेसम्म चल्नेछ । सहभागिताका लागि एक जना पुरुष र एक जना महिलाको समूह बनाएर कम्तिमा ४/४ टुक्का दोहोरी गाएर फेसबुक अथवा इमेलमा पठाउनु पर्नेछ ।

नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘दोहोरी च्याम्पियन’का प्रथमले २० लाख, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः १० लाख, ३ लाख र २ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको निर्णायकका रुपमा बद्री पंगेनी र प्रिती आले रहने छन् ।

प्रतियोगिता नेपाल टेलिभिजनबाट चाँडै प्रशारण हुने बताइएको छ । 
 

प्रतिक्रिया दिनुहोस्