गोली हानी ५ को हत्या, ५ घाइते



एजेन्सी,फागुन १ । भारतमा गोली हानी ५ जनाको हत्या भएको छ। भारतको हरियाणामा गोली हानेर पाँच जनाको हत्या भएको हो ।

शुक्रबार हरियाणाको रोहतक जिल्लास्थित कुस्ती केन्द्रमा गोली चल्दा पाँच जनाको मृत्यु भएको हो । घटनामा अन्य पाँच जना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पुरानो रिसिबीका कारण एक समूहले गोली चलाएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्