भारतको एक पटाका उद्योगमा आगलागी, १९को मृत्यु



एएफपी,फागुन १। भारतको एउटा पटाका उद्योगमा आगलागी भएको छ । सो आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको र अरु केही घाइते समेत भएको सरकारी अधिकारीहरुले उल्लेख गरेका छन् ।

तमिलनाडु प्रदेशको भृदुनगर जिल्लामा शुक्रबार उक्त घटना भएतापनि अधिकारीहरुले शनिबार मात्र घटना सार्वजनिक गरेका छन् । यो घटना यस वर्षकै यस प्रदेशकै सवैभन्दा ठूलो नराम्रो घटना भएको उनिहरुले बताएका छन् । स्थानीयअधिकारी आर कन्नानले मृतकको सङ्ख्या अझै बढी हुन सक्ने बताए । उनका अनुसार केही घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने देखिएको हो ।

“घटनामा परी अरु ३४ भन्दा बढी घाइते भएका छन्, उनीहरु सवैको अहिले उपचार भइरहेको छ, उनीहरु मध्ये केहीव्यक्तिको शरिरका धेरै भागजलेका छन्, त्यसैले उनीहरुको अवस्था गम्भीर रहेको छ,” उनले भने ‘उद्योगमा झण्डै ७४ जना मानिस रहेका थिए ।’

प्रतिक्रिया दिनुहोस्