नुवाकोटको शिवपुरीमा ल्होछार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न [ हेरौं तस्बिर र भिडियो ]



वडा नम्बर ६ का अध्यक्ष लालबहादुर तामाङसहित मूल गुरु/अतिथि

नुवाकोट,फागुन १ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ६ स्थित भञ्ज्याङ् थोकमा सोनाम ल्होसार विशेष बृहत सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार एक भव्य कार्यक्रम बीच सो कार्यक्रम सम्पन्न भएको हो।

शिवपुरी गाउँपालिका वडा नम्बर ६ स्थित तामाङ एकता समाजको आयोजनामा भएको उक्त कार्यक्रम वडा नम्बर ६ का अध्यक्ष लालबहादुर तामाङको सभापतित्वमा भएको थियो। तामाङ समुदायको साँस्कृतिक पर्व २८५७ औँ लाङ ल्हो (गाई वर्ग) सोनाम ल्होछारको अवसरमा भएको ल्होछार विशेष वृहत सास्कृतिक कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता तथा गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा,नेपाली काङ्ग्रेस महासमिति सदस्य रमेशकुमार महत लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा लामा गुरुद्वारा प्रवचन, बृद्धअबश्थाका नागरिकलाई सम्मान तथा अभिनन्दन, ख्यातिप्राप्त लोकदोहोरी गायकगायिकाको प्रस्तुति रहेको थियो।

गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापासहित काङ्ग्रेस महासमिति सदस्य रमेशकुमार महत
वडा क्षेत्रका वृद्धवृद्धालाई नगदसहित सम्मान कार्यक्रम

कार्यक्रम सम्बन्धित भिडियो हेर्नुस्;-

प्रतिक्रिया दिनुहोस्