दक्षिण भारतमा सडक दुर्घटना १४ जनाको मृत्यु



सिन्ह्वा, फागुन २ । आइतबार बिहानै भारतको दक्षिणी राज्य आध्र प्रदेशमा भएको सडक दुर्घटनामा परी कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ ।

एक सानो भ्यान ट्रकसँग ठोक्किँदा भएको यस घटनामा परी अन्य चार जना घाइते भएका आइतबार स्थानीय स्रोतले जानकारी दिएको छ । दुर्घटनामा आठ महिला मारिएका छन् । घाइते सबै बालबालिका रहेका समाचारमा जनाइएको छ ।

दुर्घटना कुर्नूल जिल्लाको मदारपुरम गाउँनजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारार्थ सरकारी अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएइको छ ।

प्रतिक्रिया दिनुहोस्