सामुदायिक विद्यालयले शैक्षिक विकासमा उन्नति गरेको छ- अध्यक्ष ध्रुव श्रेष्ठ



लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ कार्यक्रममा आफ्नो मन्तव्य राख्दै

नुवाकोट,फागुन ४ । जिल्लाको लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले सामुदायिक विद्यालयले पनि पछिल्लो समयमा शैक्षिक गुणस्तरमा उन्नति गरेको बताएका छन्।

लिखु गाउँपालिका वडा नम्बर ६ मा अवस्थित सिद्दी गणेश आधारभूत विद्यालयमा आयोजित सरस्वती पूजा विशेष कार्यक्रममा सहभागीता जनाउँदै अध्यक्ष श्रेष्ठले निजि विद्यालयको तुलनामा सामुदायिक विद्यालयले समेत शैक्षिक विकासमा प्रगति गरेको बताएका हुन।

मंगलबार विद्यालयको प्राङ्गणमा भएको सरस्वती पूजा विशेष कार्यक्रममा बोल्दै लिखु गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष हरिशरण लामिछानेले शैक्षिक विकासमा टेवा पुर्याउने सामुदायिक विद्यालयलाई आगामी दिनमा प्रोत्साहनका कार्यक्रम समेत अघि सारिने बताए।

विद्यालयका प्रधानाध्यापक कमला प्याकुरेलको सभापतित्वमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम डङोल,विद्यार्थी,शिक्षक तथा अभिभावकको समेत उपस्थिति रहेको उल्लेख छ।

विद्यालयमा आयोजित कार्यक्रम झलक

प्रतिक्रिया दिनुहोस्