सरस्वती मन्दिरको पर्खालमा ‘कखरा’ लेखेर अक्षराम्भ



काठमाडौ,फागुन ४ । मंगलबार श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधाना गरी मनाइएकाे छ।

यसदिन सरस्वतीको पूजा गरे विद्या बढ्ने विश्वासका साथ देशभरका सरस्वती मन्दिरमा पूजा गर्नेहरूको भीड लागेको छ।

आजकै दिन विद्यालय जाने उमेरका पुगेका बालबालिकालाई अक्षराम्भ गराउने चलन छ।स्वयम्भूस्थित सरस्वती मन्दिरमा पनि पूजा आराधाना गर्नेहरूको भीड लागेको छ।

अभिभावकको सहयोगमा बालबालिकाहरूले मन्दिरको पर्खालमा कखरा तथा आफ्नो नाम लेख्न सिकेका छन्।

प्रतिक्रिया दिनुहोस्