गायक उद्धब कार्कीको लोकदोहोरी गीत ‘पापिनी’ सार्वजनिक



काठमाडौ,फागुन ७ । चर्चित गायक उद्धब कार्कीको लोकदोहोरी गीत ‘पापिनी’ सार्वजनिक भएको छ। पृथक शैली तथा सार्वजनिक हुनु अगावै टिकटकमा भाइरल ‘पापिनी’ लोकदोहोरी गीतमा गायक स्वयंम कार्कीको र नारायण दङ्गालको संगीत संयोजन रहेको छ भने स्वर उद्धब कार्की र रोजिना बस्नेतको रहेको छ।

माया प्रेममा शंका उपशंका र बाध्यतासंगै आउने दरार र बाकी जीवनमा एकाअर्कालाई दिइने दोषारोपणलाई गीतले उजागर गर्न खोजेको छ। गीतको भिडियोमा महेन्द्र गौतम,सारिका केसी र सुदर्शन खतिवडालाई देख्न सकिन्छ ।

गुरुआमा मुभिजद्वारा निर्मित गीतलाई शिवपुरी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक गीत र भिडियो उत्कृष्ट बनेको भन्दै दर्शक श्रोताले प्रतिक्रिया दिइरहेको गीत निर्माण समुहले साझापथलाई बतायो।

गीतको पूरा भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्