सिन्धुपाल्चोक इन्द्रावतीका प्राविधिक शिक्षा पढ्ने सात विद्यार्थीलाई जनही ५० हजार सहयोग



इन्द्रावती,फागुन ८ । सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाका प्राविधिक शिक्षा अध्ययन गर्ने सात विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरिएको छ ।

गाउँपालिकाको वडा नं २ का मोहन गिरीले प्राविधिक शिक्षा अध्ययन गर्ने सात विद्यार्थीलाई जनही ५० हजार सहयोग प्रदान गरेका हुन् ।

शुक्रबार गिरीले इन्द्रावती ३ को सिंहमती माविमा आयोजित शैक्षिक सामाग्री प्रदर्शनी कार्यक्रममा उक्त रकम प्रदान गरेका हुन् ।

सहयोग रकम प्राप्त गर्ने विद्यार्थीमा महेन्द्र माविबाट एसईई गर्ने दिनिसा गिरी, बनित भारती, सागर मल्ल र सुदीप भारती, सिंहमती माविका श्वेता थापा, शर्मिला तामाङ र विशाल तामाङ रहेका छन् ।

शैक्षिक प्रदर्शनी कार्यक्रममा प्रमुख अतिथिका रूपमा इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङ रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्