१५ अर्ब लगानीमा सौर्य सिमेन्ट



काठमाडौं, फागुन १२ । मुलुकमा सिमेन्ट उत्पादनको इतिहास लामो छैन । सन् १९७४ मा सरकारी लगानीमा खुलेको हिमाल सिमेन्ट मुलुककै पहिलो उद्योग हो । पहिलो सिमेन्ट खुलेको आधा शताब्दी हुँदा मुलुक यो उद्योगमा आत्मनिर्भर बनेको छ । आधा दशकको इतिहासमा आत्मनिर्भर हुने कमै क्षेत्र मध्ये सिमेन्ट परेको छ ।

स्वदेशी बजार प्रयाप्त भएर होला आत्मनिर्भर भए पछि पनि सिमेन्टमा स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण कत्ति घटेको छैन । पाँच दर्जन सिमेन्ट उद्योग सञ्चालन भइरहेको अवस्थामा करिब १५ अर्ब रुपैयाँको लगानीमा अर्को नयाँ सिमेन्ट उद्योग भर्खरै सञ्चालनमा आएको छ । त्यो हो ‘सौर्य सिमेन्ट उद्योग’ । मुलुकमा पूर्वाधार निर्माणले गति लिने अपेक्षाका साथ सिमेन्ट उद्योगमा लगानी बढेको देखिन्छ ।

सिमेन्टको माग बढ्ने अपेक्षाले निर्माण सामग्री उत्पादन गर्दै आएका व्यापारिक घरानाले नयाँ उद्योग सञ्चालनमा ल्याएका हुन् । मुलुकका प्रमुख तीन व्यापारिक घराना मिलेर यो उद्योग खोलेका छन् । शंकर समूह, अम्बे समूह र गोल्छा ग्रुपले करिब १५ अर्ब रुपैयाँ लगानीमा सौर्य सिमेन्ट उद्योग सञ्चालनमा ल्याएका हुन् । जगदम्बा, अम्बे सिमेन्ट, डन्डी उत्पादन गर्दै आएका पुराना कम्पनी हुन् ।

मुलुकका प्रमुख तीन व्यापारिक घराना मिलेर यो उद्योग खोलेका हुन् । शंकर समूह, अम्बे समूह र गोल्छा ग्रुपले करिब १५ अर्ब लगानीमा सौर्य सिमेन्ट उद्योग निर्माण गरेका हुन् । जगदम्बा, अम्बे सिमेन्ट, डन्डी उत्पादन गर्दै आएका पुराना कम्पनी हुन् ।

उद्योगको प्लान्ट सिराहाको मिर्चैया कर्जन्हामा छ । दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएको शंकर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले बताए । ‘बजारमा सिमेन्टको माग बढ्ने अपेक्षामा नयाँ उद्योग सञ्चालनमा ल्याएका हौं,’ उनले भने, ‘वार्षिक एक मिलियिन टन उत्पादन गर्ने क्षमता छ ।’ सौर्य सिमेन्ट उद्योगको तीन हजार टन क्लिंकर उत्पादन गर्ने क्षमता छ । यो उद्योग पूर्वको सबैभन्दा धेरै क्षमताको उद्योग भएको अग्रवालको दाबी छ ।

पूर्वाञ्चलमा आफ्नै क्लिंकर भएका सिमेन्ट उद्योग कम भएकाले क्लिंकर सहित सिमेन्ट उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ । मुलुकको पूर्व क्षेत्रको बजार लिन सजिलो हुने अग्रवालले बताए । ‘पूर्वमा आफ्नै क्लिंकर भएका सिमेन्ट उद्योग थोरै छन्,’ उनले भने, ‘बजार विस्तार गर्न सजिलो छ ।’

सौर्यले ओपिसी ५३, ४३ ग्रेड, पिपिसी र पिएससी सिमेन्ट उत्पादन गरेको छ । उद्योगले अहिलेसम्मकै अत्याधुनिक प्रविधि प्रयोग गरेको दाबी गरेको छ । अहिले सञ्चालनमा रहेका सिमेन्ट उद्योगहरूमध्ये सबैभन्दा उच्च प्रविधि प्रयोग गरेको अग्रवालले बताए ।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्