वैवाहिक जीवनमा बाँधिए गायिका अन्जु पन्त र थिर कोइराला



काठमाडौ,फागुन १२ । गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिएकी छिन् । गायिका पन्तले बुधबार प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् ।

पन्त र कोइराला बीच विगत एक बर्षदेखि प्रेम सम्बन्ध रहदै आएका थिए । उनीहरुले बिहे गर्ने बताएपनि मिति भने तय नभएको संचारकर्मीलाई बताउदै आएका थिए ।

अन्जु र थिरले चर्चमा बिहे गरेको वुझिएको छ । दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले चर्चमा बिहे गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्