टोखाको झोरमा आधुनिक चुल्हो वितरण



सुधारिएको चुल्हो वितरण गर्दै वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारी

काठमाडौ,फागुन १३ । टोखा नगरपालिकाको वडा नम्बर १ झोरमा सुधारिएको आधुनिक चुल्हो वितरण गरिएको छ। बुधबार एक कार्यक्रम बीच वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारले चुल्हो वितरण गरेका हुन।

सेवा क्षेत्रका गरिब,विपन्न तथा दलित समुदायलाई लक्षित गरी चुल्हो वितरण गरिएको वडा नम्बर १ कार्यालयले जनाएको छ। टोखा नगरपालिकाको आर्थिक सहयोगमा वडालाई ८३ वटा सुधारिएको चुल्हो प्राप्त भएको उल्लेख छ।

प्राप्त चुल्होमध्ये १९ वटा चुल्हो पहिलो चरणमा वितरण गरिएको कार्यालयले जनाएको छ। पारिवारिक समस्या पहिचान गरी सबैलाई वितरण गरिने कार्यालयले जनाएको छ।

नगरले नागरिक स्वास्थ्य सुरक्षामा प्रत्यक्ष सहयोग पुग्ने कार्यक्रमलाई निरन्तरता दिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्