सुनको मूल्यमा गिरावट, तोलाको कति?



काठमाडौं, फागुन १३ । सुनको मुल्य नेपाली बजारमा केही दिन यता गिरावट आएको छ । बिहीबार सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

छापावाल सुनको मुल्य प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ८८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ । हिजो ८९ हजार ३५० रुपैयाँमा खरिद बिक्रि भएको थियो । त्यस्तै, चाँदीको मुल्य भने आज बढेको छ । बुधबार १३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँमा खरिद बिक्रि भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्