सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो



काठमाडौं,कात्तिक ९ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यसअनुसार सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार रुपैयाँले बढेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेको छ। आइतबार प्रतितोला ३ हजार ९५५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार बढेर ३ हजार ९९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्