राष्ट्रिय संगितकर्मी संघ शिवपुरीको अध्यक्षमा रुम्बा



नुवाकोट,फागुन २९ । राष्ट्रिय संगितकर्मी संघको अधिवेशन तिव्र गतिमा भई रहेको बेला पछिल्लो समय राष्ट्रिय संगितकर्मी संघ शिवपुरी गाउँ कमिटीको पहिलो अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको सेराबगरमा सम्पन्न गाउँ अधिवेशनले प्रेम रुम्बाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

गायक रुम्बाको अध्यक्षतामा गठित समितिमा वरिष्ठ उपाध्यक्षमा अभियान आचार्य महिला सदस्यमा चन्द्रमाया तामाङ, राम घतानी, राजु लामा, सचिवमा माधव प्रसाद अधिकारी,सह सचिवमा रााजन तामाङ, कोषाध्यक्षमा रामकुमार भण्डारी,सहसदस्यमा निरज रुम्वा, प्रवक्तामा जीवन भण्डारी ,सदस्यहरु इश्वर तामाङ, कुमारी तामाङ, सानू माया तामाङ, प्रदिप तामाङ,मञ्जु श्रेष्ठ, सबिन आरपि, करुणा घिमिरे,सल्लाहकारमा भिमबहादुर देउजा, कृष्णबहादुर रुम्बा चयन भएक छन् ।

गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष मन्जु केसीको विशेष उपस्थितिमा नवगठित समितिका अध्यक्ष गायकले विभिन्न राजनितीक परिवर्तनमा कलाकारहरुको योगदान रहेकोले कलाकारको हक हितमा संस्था लागिपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्