डा. लम्साल महालक्ष्मी साहित्यिक पुरस्कारबाट सम्मानित



काठमाडौं,चैत २ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मातृभूमि साहित्य समाजसँग समन्वय गरी वार्षिक रूपमा प्रदान गर्दै आएको महालक्ष्मी साहित्यिक पुरस्कार २०७७ बाट डा. नवराज लम्साललाई सम्मानित गरेको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारीले ५१ हाजर राशिको उक्त पुरस्कार रकम बराबरको चेक र सम्मानपत्र डा. लम्साललाई हस्तान्तरण गरे ।

साहित्यकार  डा. लम्सालले खण्डकाव्य, महाकाव्य लेखन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा  कवि तथा गजल उत्पादनमा पुर्याएको योगदानको कदरस्वरूप बैंकले उक्त पुरस्कारबाट  सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्