टोखा १ को सहयोगमा शुक्रबार वक्तृत्वकला प्रतियोगिता हुँदै



काठमाडौ,चैत ५ । टोखा नगरपालिका वडा नम्बर १ को सहयोग तथा झोर महांकाल माध्यमिक विद्यालयको आयोजनामा भोलि शुक्रबार वक्तृत्व कला प्रतियोगिता हुने भएको छ।

टोखा नगरपालिका वडा नम्बर १ मा अवस्थित झोर महांकाल माध्यमिक विद्यालयको आयोजनामा झरना पार्टी प्यालेसमा हुने प्रतियोगितामा नगर क्षेत्रका १० माध्यमिक विद्यालयका २० जना विद्यार्थी प्रतियोगीको सहभागिता रहनेछ। जस अन्तर्गत नगर क्षेत्रका ८ सामुदायिक विद्यालय र वडा नम्बर १ का दुई निजि विद्यालयका प्रतियोगी सहभागी रहनेछन् ।

‘स्वस्थ जीवनका लागि स्वच्छ वातावरण’ विषयक वक्तृत्व कला प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथि टोखा नगरका प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य, विशेष अतिथिका रुपमा वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारी, बाबुराम गौतम लगायतको उपस्थिति रहने आयोजक विद्यालयका प्रधानाध्यापक हरिकृष्ण धितालले बताए।

कार्यक्रममा विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने सहयोगी दातालाई सम्मान कार्यक्रम समेत तय गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रमका लागि तयारी सभा हल तस्बिर:एचके धिताल

प्रतिक्रिया दिनुहोस्