आजदेखि द भ्वाइस अफ नेपाल सिजन–३ प्रसारण हुँदै



काठमाडौँ,चैत ६ । गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को प्रसारण आजदेखि शुरु हुँदैछ । हरेक शुक्रबार र शनिबार हिमालय टीभी एचडीमा प्रसारण हुने कार्यक्रमको पहिलो श्रृङखला आज राति ८ बजे प्रसारण हुँदैछ । ब्लाइन्ड अडिसनमा सहभागी केही प्रतिभाहरुले आज कोचलाई आफ्नो आवाजले प्रभावित पार्नुपर्ने छ ।

आवाजले प्रभावित हुने कोचको कुर्सी घुमेसँगै प्रतिस्पर्धीको भाग्य पनि घुम्नेछ, अर्थात् भ्वाइसको आगामी यात्राका लागि प्रतिस्पर्धी छनौट हुनेछन् । यो सिजनमा पनि निकै क्षमतावान प्रतिभाहरु ब्लाइन्ड अडिसनमा आइपुगेको कार्यक्रमका निर्देशक लक्ष्मण पौड्यालले जानकारी दिनुभयो । यसपटकको सिजनमा एक जना कोच परिर्वतन भएका छन् । कोच दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामाका साथमा नयाँ कोच तृष्णा गुरुङरहनु भएको छ ।

शो प्रसारण हुनु अगाडि बिबीबार बेलुकी काठमाडौंमा यसको प्रिमियर समेत आयोजना गरिएको थियो । प्रिमियरमा शोमा निर्णायक, निर्माता, निर्देशक, विज्ञापनदाताहरु उपस्थिति रहेको थियो । नेपालकै नम्बर १ गायन रियालिटी शोको रुपमा रहेको यो शोको अघिल्ला सिजनलाई दर्शकले अत्याधिक मन पराएका थिए ।

प्रतिक्रिया दिनुहोस्