बौडेश्वर झरनामा गुन्द्रुक, मकै, भटमास साहित्यिक कार्यक्रम हुने



काठमाडौ,चैत ८ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा रहेको बौडेश्वर झरनामा नयाँ वर्ष २०७८ का अवसरमा गुन्द्रुक, मकै, भटमास साहित्यिक कार्यक्रम हुने भएको छ।

आइतबार बसेको शिवपुरी सन्देश तथा साहित्य समाजको बैठकले सो निर्णय गरेको समाजका एचके धितालले बताए।

बैठकले गुन्दु्क, मकै, भटमास, वार्षिकोत्सव तथा २०७६ र २०७७ को श्रष्ठा सम्मान कार्यक्रम २०७८ वैशाख ११ गते टोखा झोर झरनामा गर्ने निर्णय गरेको हो ।

वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा विष्णुपुष्पा साहित्यिक पत्रकारिता सम्मान – गोर्खे साहिलो – चितवन – २०७६, निवन्ध आचार्य – २०७७ र शिवपुरी गजल सम्मान, प्रकाश घायल – २०७६, रावत – २०७७ प्रदान गरिनेछ।

कार्यक्रममा नरबहादुर भारती सम्मान – डा. धन प्रसाद सुवेदी – २०७६, उन्नती बोहोरा शिला – २०७७ त्यस्तै मानशोभा प्रतिभा सम्मान – कवि राधा आचार्य – २०७६, डा. भीष्मकुमार भूसाललाई सम्मान गरिने समाजका अर्का श्रष्ठा तथा कवि माधब बिडारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्