सदिश फिल्मको औपचारिक उद्घाटन सम्पन्न



उद्घाटन समारोहमा चर्चित गायक राजु परियार लगायत

काठमाडौ,चैत १० । मनोरञ्जन विधालाई मूल विषयवस्तु बनाएर सदिश फिल्म पुनः बजारमा छाएको छ। झण्डै दुई दशक अघि साङ्गितिक क्षेत्रमा देखा परेको सदिश फिल्म दर्शक श्रोताले केहि समययता विश्राम लिएको अनुभुति गर्दै आएका थिए।

सोमबार एक समारोहका बीच सदिश फिल्मले काठमाडौस्थित नेपालटारमा कार्यालय स्थापना गर्दै पुनः उदाएको उद्घोष गरेको हो। कार्यक्रमको उद्घाटन लोकदोहोरी क्षेत्रका ख्यातिप्राप्त गायक राजु परियारले गरेका थिए ।

उद्घाटन समारोहमा चर्चित गायक तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको प्रालिका इन्द्र लामाले बताए।

कार्यक्रममा संस्थाका रामकुमार श्रेष्ठ,सपना खड्गी लगायतको उपस्थिति रहेको थियो । सदिश फिल्मले लाइभ दोहोरी,भिडियो,डकुमेन्ट्री तथा चलचित्र सम्बन्धि कार्यक्रम गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्