कुम्भेश्वर माध्यमिक विद्यालयको अध्यक्षमा टिकाराम लामा



विद्यालयका प्रधानाध्यापक राजनप्रसाद थपलियासहित ब्यवस्थापन समितिका नव पदाधिकारीका साथ वडाअध्यक्ष माधब भेटुवाल लगायत

नुवाकोट,चैत ११ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा रहेको कुम्भेश्वर माध्यमिक विद्यालयका अध्यक्षमा टिकाराम लामा चयन भएका छन।

बुधबार विद्यालयमा भएको अभिभावकहरुको भेलाले विद्यालय ब्यवस्थापन समितिका अध्यक्षमा लामालाई चयन गरेको विद्यालयले जनाएको छ।

समितिका अन्य सदस्यहरुमा प्रवीण ठकुरी,गोमा थापा,सुष्मिता नेपाली चयन भएका छन् ।

ब्यवस्थापनका नयाँ पदाधिकारीहरुलाई वडा नम्बर ७ का अध्यक्ष माधब भेटुवालले खादा लगाएर स्वागत तथा सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्