बुटवल बालमन्दिरका ३८ विद्यार्थीलाई खाना



बुटवल,चैत १३ । बुटवल बाल मन्दिरमा अध्ययनरत बिद्यार्थीहरुलाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल बाल संगठन रुपन्देहीले बाल मन्दिरमा अध्यनरत ३८ जना विद्यार्थीलाई होलीको अवसर पारेर खाना खुवाईएको संगठनका सभापति साजन भण्डारीले बताए ।

उक्त कार्यक्रममा संगठनका जिल्ला उपाध्यक्ष अन्जु श्रेष्ठ , सचिब कल्पना पांडे मागर, कोषाध्यक्ष दिपक चापागाईं, सदस्य सुरज भट्टराई, सेष्कान्त भण्डारी , सुनिल खनाल, सुरज कल्वार, तारा पुरी ,प्रधानाध्यापक सीता पंगेनी, कार्यलय प्रमुख दिपा बुडा मगर, शिक्षिका सुर्वणा थापा,कर्मचारी जुना थापा लगाएतको उपस्थिति रहेको थियो ।

होली पर्व हिन्दूहरूको प्रमुख मध्येको एउटा चाड हो। प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिनमा यो पर्व मनाइने गरिन्छ। हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्