लकडाउन हुँदैन, विद्यालय पनि बन्द हुँदैनन् : मन्त्री श्रेष्ठ



काठमाडौ,चैत १५ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले अब कोरोनाकै लकडाउन नहुने र विद्यालय पनि बन्द नहुने भनाइ व्यक्त गरेकाका छन्।

भक्तपुरमा आयाेजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले कोरोनासँग आत्तिएर र डराएर नभई व्यवस्थित गरेर जानुपर्ने तथा स्वास्थ्य मापदण्ड पूरा गरेर दैनिकी अगाडि बढाउनुपर्ने बताए।

‘कोरोना सङ्क्रमण हुन नदिन सचेत भएर हिड्नुपर्छ, कोरोना सङ्क्रमण बढेकै कारण अब लकडाउन हुँदैन, विद्यालय पनि बन्द हुँदैन,’ मन्त्री श्रेष्ठले भने, ‘कोरोना सङ्क्रमण बढे स्वास्थ्यका सबै मापदण्ड पूरा गरेर विद्यालयले बिहान र दिउँसो गरी दुई सिफ्टमा कक्षा चलाउनुपर्छ तर पढाइ बन्द हुँदैन।

प्रतिक्रिया दिनुहोस्