सातौ नुवाकोट साहित्य पदयात्रा २०७७ सम्पन्न



नुवाकोट,चैत १५ । जिल्लास्थित सातौ साहित्य पदयात्रा २०७७ सम्पन्न भएको छ । शनिबार नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा भएको साहित्य पदयात्रा २०७७ सम्पन्न भएको हो ।

पदयात्रा नुवाकोट आर्दश बहु्मुखी क्याम्पसको गेटबाट शुरु भएको थियो भने लिखु गाउँपालिका वडा नम्बर ३ नागिगढी गुप्तेश्वर पुगेर सम्पन्न भएको हो । पदयात्रामा विभिन्न स्रष्टाहरुले विभिन्न साहित्यीक प्रस्तुति पस्केका थिए ।

कार्यक्रममा लिखु गाउँपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष भोला सेढाई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्