प्रमोद पन्तको सङ्गीतमा गायिका अन्जु पन्तको म्युजिक भिडियो सार्वजनिक



काठमाडौ,चैत २० । चर्चित गायिका अन्जु पन्तले आमाको स्मृतिमा गीतकार डा. सदानन्द कडेलद्वारा लिखित “निस्वार्थी माया आमाको” गीत गाएकी छिन् । प्रमोद पन्तको सङ्गीत र रिदम कडेल तथा किरण भुसालको एरेन्ज रहेको सो गीतको भिडियो बिहिवार सार्वजनिक गरिएको छ।

इन्दिरा उपाध्याय र निरा उपाध्यायद्वारा निर्माण गरिएको भिडियोको निर्देशन सन्जिब पौडेल र यस गीतका सङ्गीतकार प्रमोद पन्तले गरेका हुन् भने छायांकन दिपक जोशी र सम्पादन सदिश जोशीको रहेको छ।

कलाकार हिउवाला गौतम अभिनित भिडियोमा बिजुना उपाध्याय र सुनिशा ढुङ्गानाको पनि सशक्त अभिनय देख्न सकिन्छ। सो भिडियो स्वर्गीय आमा चन्द्र कुमारी उपाध्यायको तेस्रो मासिक तिथीको अवसर पारेर सार्वजनिक गरिएको हो। भिडियोमा चित्लाङको सुन्दर दृश्य र एउटि आमाले कसरि जिन्दगी भरी दुःख गरेर सन्तानको लागि योगदान गर्छिन भन्ने भाव देखाइएको छ।

भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्