सुनको भाउ ५ सयले बढ्यो



काठमाडौं, चैत २५ । नेपाली बजारमा सुनको मुल्यमा वृद्धि भएको छ । बुधबार सुन तोलामा ५ सय रुपैयाँले बढेको हो । आज सुन प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार ८७ हजार ५० रुपैयाँमा खरिद विक्रि भएको तेजाबी सुन आज ८७ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी, चाँदी प्रतितोला १० रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा खरिद विक्रि भएको महासघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्