माओवादी छोडेर मन्त्री बनेका चार संसदको पद गयो



काठमाडौँ,चैत २६ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका चार सांसदको पद गएको छ । ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरीको सांसद पद गएको हो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले चार सांसदले दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धि ऐनअनुसार उनीहरूलाई सांसदबाट हटाउन माओवादी केन्द्रले सूचना दिएको जानकारी संसद सचिवायमाल आएको प्रतिनिधिसभालाई जानकारी गराएका थिए ।

मन्त्री रहेका चारैजना सांसदले मन्त्रीमै रहिरहनका निम्ती फेरि शपथ लिनुपर्ने हुन्छ । संविधानमा सांसद् नभएको व्यक्ति ६ महिना मात्रै मन्त्री हुन पाउने व्यवस्था छ ।
त्यस्तै, ६ महिनाभन्दा बढी प्रतिनिधिसभाको कार्यकाल रहने अवस्थामा रिक्त सांसद् पदका लागि उपनिर्वाचन हुने पनि संवैधानिक व्यवस्था छ । त्यसअनुसार रिक्त रहेका सांसद पदमा उपनिर्वाचन गर्नुपर्ने हुन्छ ।सांसद पद रिक्त रहेको सूचना संघीय संसद् सचिवालयले निर्वाचन आयोगलाई दिनेछ । त्यसपछि उपनिर्वाचनको प्रक्रिया अगाडि बढ्नेछ । फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र ब्युुँताएर नेकपाको आधिकारीकता ऋषि कट्टेललाई दिएपछि यी चार सांसद एमालेतिर लाग्नुभएको छ ।

माओवादी केन्द्रले एमालेतिर लागेका प्रदेशसभा सदस्य र संघीय सांसदहरूलाई पदमुक्त गर्नका लागि सम्बन्धित निकायमा लेखि पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्