दाङमा ९ दिन लकडाउन घोषणा



दाङ,वैशाख १४ । दाङमा लकडाउनको घोषणा गरिएको छ । आज घोराहीमा बसेको सरोकारवालाहरुको बैठकले यहि बैशाख १७ गते विहान छ बजेदेखी २५ गते बेलुकी छ बजे सम्म जिल्लाव्यापी लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिनुभयो ।

खाद्यन्न पसल भने दैनिक विहान ६ बजेदेखी ८ बजे सम्म खुल्नेछ । यस्तै अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात सन्चालनमा रोक लगाईएको छ ।

यस्तैगरी बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डि अस्पताललाई ६५ वेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक सय वेडको बनाउने निर्णय गरेको छ । यस्तै तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजन सहितको ४०/४० वेड क्षमताको आईसोलेसन र प्रत्येक गाउँपालिकाले २० वेड क्षमताको अक्सिजन सहितको आईसोलेसन बनाउने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्