शिवपुरी जंगलमा पुनः आगलागी



काठमाडौं, बैशाख १५। शिवपुरी जंगलमा पुनः आगलागी भएको छ। बुधबार दिउँसो शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने बज्रयोगिनी मन्दिर छेउबाट जंगलमा आगलागी भएको हो ।

आगोलागी भएपछि नियन्त्रणको लागि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको जनाइएको छ ।

निकुञ्जको यसै क्षेत्रमा चैत्र २९ गते आगलागी हुँदा हेलिकप्टरको प्रयोगले आगो नियन्त्रणमा लिइएको थियो।

प्रतिक्रिया दिनुहोस्