पूर्वरानी कोमलको स्वास्थ्य अवस्था गम्भीर



काठमाडौं,बैशाख१६ । पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । पूर्वरानीलाई कोमललाई कोरोना संक्रमण देखिएपछि नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी शाहको स्वास्थ्य गम्भीर बनेको अस्पताल श्रोतले जनाएको छ ।

शाहको श्वासप्रश्वासमा समस्या देखिएपछि आइसियूमा उपचार भइरहेको बताइएको छ । उनको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनलाई दैनिक १० लिटरसम्म अक्सिन दिनुपरेको छ ।

उनीसँगै संक्रमण भएका पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्