पत्रकार महासंघ नुवाकोट शाखाको पदभार ग्रहण सम्पन्न



नुवाकोट,वैशाख १६ – नेपाल पत्रकार महासंघ नुवाकोट शाखाको नवनिर्वाचित कार्यसमितिका सदस्यहरुले पद तथा गोपनीयताको सपथसहित पदभार ग्रहण गरेका छन् । बुधबार विदुर नगरपालिकास्थित सुखद पाहुनाघरमा भएको एक कार्यक्रमबीच नवनिर्वाचित अध्यक्ष कपिलदेव खनालसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

जिल्ला शाखाको कार्यसमितिका नवनिर्वाचित अध्यक्ष कपिलदेव खनाल, उपाध्यक्ष नवदिप श्रेष्ठ, जमुना गजुरेल, सचिव जगदीश खनाल, सह-सचिव भरतसन्तोषी लामा,दुर्गा पनेरू तथा कोषध्यक्ष सुनिल बिष्ट सहित पत्रकारहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरी पदभार सम्हालेका छन् ।

त्यस्तै सदस्यहरुमा सुजित भण्डारी,राममणी अधिकारी ,कृष्णप्रसाद अधिकारी,रबिन दाहाल,हरिराम भेटुवाल,मुकुन्दराज आर्याल,राजकुमार नेपाली,मनिषा सापकोटा,भगवती लामा,प्रीतिका थापाले पद तथा गोपिनियताको सपथ ग्रहण गरेका छन् । कार्यक्रममा केन्द्रिय सदस्य भोलाराज पौडेल,रामहरि गजुरेल,देवचन्द्र भट्ट लगायत पत्रकारलाई सम्मान गरिएको थियो।

कार्यक्रममा वाग्मती प्रदेश परिषद संयोजक शिव देवकोटा,ध्रुव रावल,निर्वाचन समितिका बसुराम रिजाल,उत्तम घिमिरे लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै पत्रकार महासंघका नवनिर्वाचित केन्द्रिय सदस्य रामहरि गजुरेलले नेपाल पत्रकार महासंघले श्रमजिवी पत्रकारको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।

यस्तै, पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा वाग्मती प्रदेशका नवनिर्वाचित अध्यक्ष शिव देवकोटाले पत्रकारको क्षमता विकास र श्रमजिवी पत्रकारको पक्षमा महासंघले काम गर्नुपर्ने धारणा राख्दै पत्रकारको मिसन बोकेको महासंघलाई सदस्य हुने हैसियत समेत नभएकाले प्रश्न गर्न नमिल्ने तर्क गरे।

कार्यक्रममा निर्वतमान तथा नवनिर्वाचित अध्यक्ष कपिलदेव खनालले आगामी दिनमा महासंघमा आबद्ध पत्रकारको हकहितमा लडिरहने वचन व्यक्त गरे।

कार्यक्रम सम्बन्धित भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्