नुवाकोटमा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित थपिए



नुवाकोट,वैशाख १७ । जिल्लामा पछिल्लो २४ घण्टामा ६२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।पिसिआर जाँच गराएका ६४ जनामध्ये ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार ५ जना डाक्टर सहित ८ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर पाँच हजार पाँच सय २७ सङ्क्रमित थपिँदा थप ३३ जनाले ज्यान गुमाएका छन् ।

एकैदिनमा नयाँ सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या हालसम्मकै धेरै हो ।

प्रतिक्रिया दिनुहोस्