नेपाली कांग्रेस नुवाकोटको नियमित महाधिवेशन पक्षधरको जिल्ला अधिवेशन आइतबार



नुवाकोट,कात्तिक २६ । नेपाली कांग्रेस नुवाकोटको नियमित महाधिवेशन पक्षधरको जिल्ला अधिवेशन आगामी आइतबार हुने भएको छ ।

बट्टारस्थित कवर्ड हलमा बिहान ११ बजे हुने अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन् ।

अधिवेशनले पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्दै संगठनलाई थप एकताबद्ध, गतिशील र सशक्त बनाउने विश्वास नेता तथा कार्यकर्ताहरूले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्