भारतमा रहेका नेपालीलाई सुरक्षित बस्न दूतावासको अपिल



काठमाडौं,वैशाख १७ । नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई सुरक्षित भएर नआत्तिइ बस्न अपिल गरेको छ ।

भारतमा कोरोना भाइरसको सुनामी आएपछि दूतावासले शुक्रबार अपिल जारी गर्दै त्यहाँ रहेका सम्पूर्ण नेपालीहरूलाई सुरक्षितभएर बस्न आग्रह गरेको हो । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले अपिल जारी गर्दै सो आग्रह गरेका हुन् ।

अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन र एक आपसमा सहयोग गर्न भारतमा रहेका सबै नेपालीलाई राजदूत आचार्यले आग्रह गरेका हुन् । राजदूत आचार्यले धैर्य गर्न नआत्तिन पनि अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्